संक्षिप्त परिचय

परशुराम नगरपालिका सुदूरपश्चिम प्रदेश, डडेल्धुरा जिल्लाको भित्री मधेश भेगमा अवस्थित छ।साविकका दुईवटा गा.वि..हरु जोगबुडा र शिर्षलाई एक वनाई २०७१/०८/१३ गते परशुराम नगरपालिकाको घोषणा गरिएको हो ।

"भगवान विष्णुका" १० मुख्य अवतारहरुमध्ये छैटौ अवतार भगवान परशुराम को नामवाट यस नगरपालिकाको नामाकरण परशुराम नगरपालिका गरिएको हो।स्कन्ध पुराणमा उल्लेख गरिएअनुसार जमदग्नी पुत्र परशुरामले तपध्यान तथा साधना गरेको पुण्य स्थल परशुरामधाम यसै पालिकामा अवस्थित छ। 

क्षेत्रफल र जनसंख्या दुबैका आधारमा डडेल्धुरा जिल्लाको सबैभन्दा ठुलो पालिका परशुराममा १२ वटा वडा रहेको छन।यस नगरपालिकाको क्षेत्रफल ४१४.०७ वर्ग कि.मी. भने राष्ट्रिय जनगणना २०७८ अनुसार परशुराम नगरपालिकाको जम्मा जनसंख्या ३५,५९० रहेको छ जसमध्ये ५३ महिला र ४७पुरुष छन। 

परशुराम नगरपालिकाको सिमाना :

पूर्व   आलिताल गाउँपालिका

पश्चिम  :  महाकाली नदी

उत्तर महाभारत श्रृखलाभागेश्वर गाउँपालिका )

दक्षिण चुरे पर्वत (कञ्चनपुर जिल्ला)

थप जानकारीको लागि लिङ्कमा क्लिक गर्नुहोस्। यहाँ क्लिक गर्नुहोस्

प्रतिलिपि अधिकार © २०२३ परशुराम नगरपालिका, सबै अधिकार सुरक्षित. यो साईट परशुराम नगरपालिका द्वारा सन्चालित छ . पछिल्लो पटक परिमार्जन गरिएको समय ०५-०५-२०२३, १०:१५ PM